अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेद्वारा मध्यपहाडी लोकमार्ग केन्द्रित कार्ययोजना पारित

एमालेद्वारा मध्यपहाडी लोकमार्ग केन्द्रित कार्ययोजना पारित


काठमाडौं-नेकपा एमालेले मंसिर १४ गतेदेखि सुरु हुने मध्यपहाडी लोकमार्ग केन्द्रित विशेष अभियान (झुलाघाटदेखि चिवाभञ्ज्याङसम्म समृद्धिका लागि संकल्प यात्रा)को विस्तृत कार्ययोजना पारित गरेको छ। 

पार्टी केन्द्रीय कार्यालय च्यासलमा बुधबार बसेको एमाले केन्द्रीय कमिटी बैठकले संकल्प यात्राको विस्तृत कार्ययोजना पारित गरेको हाे । सामाजिक सद्‍भाव र राष्ट्रिय एकताको प्रवर्द्धनका लागि एमालेले मंसिर १४ गतेदेखि साे अभियान थाल्दैछ। 

पारित कार्ययाेजना अनुसार संकल्प यात्राको अगुवाई र नेतृत्व पार्टी अध्यक्ष केपी शर्मा ओलीले गर्नुहुनेछ। केन्द्रीय पदाधिकारीसहितका नेता-कार्यकर्ता अभियानमा सहभागी हुनेछन्।

‘झुलाघाट-चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्पयात्रा’ नाम दिइएको उक्त कार्यक्रमको अध्यक्ष ओलीले बैतडीको झुलाघाटमा राष्ट्रिय झण्डा झण्डोतोलन गरेर उद्घाटन गर्नुहुने कार्यक्रम छ। संकल्पयात्रा पाँचथरको चिवाभञ्ज्याङ पुगेर समापन हुनेछ।

संकल्पयात्रा तीन सातापछि पाँचथरको चिवाभञ्ज्याङ पुगेर समापन हुनेछ। अभियानले पहाडी क्षेत्रका जनतासँग जोडिने एमालेको अपेक्षा छ।

बैठकलाई सम्बाेधन गर्दै अध्यक्ष ओलीले राष्ट्रियता खतरामा परेको, अनुचित काम र क्रियाकलापले ठाउँ पाएकाले जनतालाई सचेत बनाउन अभियान चलाउन लागिएकाे बताउनुभयाे। उहाँले भन्नुभयाे, ‘गठबन्धन सरकारका कारण धेरै अनुचित कुराहरूले स्थान पायो, बेठीक नीतिहरूले बढी स्थान पाए, अब शक्ति स्वार्थहरूबाट सतर्क हुन ढिलाइ गर्नुहुँदैन, त्यसैले जनतालाई सतर्क बनाउन, जागृत गर्न चिवाभञ्ज्याङदेखि झुलाघाटसम्म अभियान चलाउन लागिएको हो।’