काठमाडौं-प्रेस काउन्सिल नेपालले आर्थिक वर्ष २०७९-८० मा प्रकाशित पत्रपत्रिकालाई वर्गीकरणका लागि आवेदन फाराम भर्ना आह्वान गरेको छ। काउन्सिलले आज सार्वजनिक सूचना जारी गर्दै सो आह्वान गरेको हो।
२०७९ साउनदेखि २०८० असार मसान्तसम्म प्रकाशित पत्रपत्रिका सञ्चालकले पुस ५ गतेसम्म (दोब्बर दस्तुर पुस १२ सम्म) वर्गीकरण फाराम भर्ना काउन्सिलले आग्रह गरेको छ।
काउन्सिलले मापदण्ड पुगेका सबैलाई फाराम भर्ना आह्वान गरेको छ। तोकेको मापदण्डअनुसार दैनिक पत्रिकालाई वर्षमा ३०० अङ्क, अर्धसाप्ताहिकले ८० अङ्क, साप्ताहिक पत्रिकाले ४० अङ्क, पाक्षिक समाचारपत्रले २० अङ्क प्रकाशित हुनुपर्नेछ।
सोहीअनुसार मासिक पत्रिकाले १० अङ्क, द्वैमासिक-त्रैमासिक पत्रिकाले न्यूनतम ४ अङ्क प्रकाशित भई प्रेस काउन्सिल नेपालको कार्यालय अभिलेखमा दर्ता हुनुपर्नेछ। मापदण्ड नपुगेका पत्रिका वर्गीकरणमा समावेश नगराइने पनि काउन्सिलले स्पष्ट पारेको छ।







प्रतिक्रिया