चितवन-मुग्लिन-नारायणगढ सडकखण्ड सञ्चालनमा आएको छ।
बुधबार बिहान इच्छाकामना गाउँपालिका-५, तुइनखोलामा सुक्खा पहिरो खस्दा बन्द भएको सडकखण्ड पहिरो पन्छाएपछि सञ्चालनमा आएको हो।
सडक डिभिजनले सवारी चालकलाई आफ्नो लेन अनुशासन पालना गर्दै सावधानीपूर्वक यात्रा गर्न आग्रह गरेको छ। पहिरो हटाएर सडक सञ्चालनमा ल्याइए पनि उक्त क्षेत्रमा थप पहिरो खस्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन पनि अनुरोध गरिएको छ।






प्रतिक्रिया