अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

रास्वपाका केन्द्रीय सदस्यहरुको आज सपथ ग्रहण

रास्वपाका केन्द्रीय सदस्यहरुको आज सपथ ग्रहण


काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का निर्वाचित केन्द्रीय सदस्य एवं पदाधिकारीहरूले आज शपथ लिँदै छन्।

गत शुक्रबार सकिएको महाधिवेशनबाट निर्वाचित ९९ केन्द्रीय सदस्य तथा ७ पदाधिकारीको शपथ बुधबार पार्टी केन्द्रीय कार्यालय चःमतिमा हुने रास्वपाले जनाएको छ। शपथपछि नै नवनिर्वाचित केन्द्रीय समितिको बैठक बस्नेछ।

बैठकपछि बाँकी पदाधिकारी र केन्द्रीय सदस्यको मनोनयन प्रक्रिया सुरू हुनेछ।

सभापतिले मनोनीत गर्ने पदाधिकारी र केन्द्रीय सदस्यहरूको नाम केन्द्रीय समितिमा पेस गर्ने प्रक्रिया छ।

रास्वपा विधान अनुसार १५८ केन्द्रीय सदस्यमध्ये ९९ जना निर्वाचित र बाँकी सभापतिबाट मनोनीत हुने छन्। १९ पदाधिकारीमध्ये सभापति सहित ७ निर्वाचित हुने छन् भने बाँकी पदाधिकारीलाई सभापतिले मनोनयन गर्छन्।

चुनावअघि रास्वपामा समाहित भएका प्रधानमन्त्री बालेन्द्र शाहको समूह, विवेकशील साझाको समूहलाई समायोजन गर्न विधानमा मनोनीत हुने पदाधिकारी र केन्द्रीय सदस्यको संख्या बढाइएको थियो।

चुनावका बेला पार्टीमा समायोजन भएर आएको समूहलाई महाधिवेशनमा प्रतिस्पर्धा गर्दा चुनाव जित्न अप्ठ्यारो हुन्छ भनेर पदाधिकारीमा मनोनीत गर्ने सहमति भएको थियो।

सोही सहमति अनुसार महाधिवेशनको पूर्वसन्ध्यामा बालेन समूहलाई मनोनित गर्ने भनेर वरिष्ठ नेता, उपसभापति, महामन्त्री, सहमहामन्त्री लगायत झण्डै १२ वटा पद सिर्जना गरिएको थियो।

Skip This