पोखरा-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले खेलको गुणस्तर बढाउन खेलाडीको पूर्ण समर्पण आवश्यक पर्ने बताउनुभएको छ।
पोखरामा सुरु भएको केपी ओली टी-२० क्रिकेट उद्घाटन गर्दै उहाँले खेलाडीको समर्पणले नै खेलको गुणस्तर बढ्ने बताउनुभयो।
‘खेलाडी खेलमा समर्पित हुन आर्थिक परिवेश, जीवन, परिवार पनि सम्बन्धित हुन्छन्,’ उहाँले भन्नुभयो, ‘अहिले केही खेलहरु व्यावसायिक रुपमा विकास हुन थालेका छन्। जबसम्म खेल क्षेत्र र खेलाडी व्यावसायिक रुपमा पूर्ण समर्पित भएर जान सक्दैनन् तबसम्म खेल क्षेत्रको गुणस्तर उठ्न सक्दैन।’
खेलाडीको समर्पणको व्यवस्था सरकारले मिलाउनुपर्ने उहाँको भनाइ छ । उहाँले सरकारसँग खेल क्षेत्रको विकासका लागि आवश्यक समन्वय गर्ने बताउनु भयो।




प्रतिक्रिया