अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

युवा संघको प्रदर्शन शान्तिपूर्ण, प्रसाईंकोमा ढुंगामुढा: मानव अधिकार आयोग

युवा संघको प्रदर्शन शान्तिपूर्ण, प्रसाईंकोमा ढुंगामुढा: मानव अधिकार आयोग


काठमाडौं-राष्ट्रिय मानव अधिकार आयोगले नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियानका नामबाट व्यवसायी दुर्गा प्रसाईंको नेतृत्वमा आज काठमाडौंमा आयोजित प्रदर्शनको अनुगमन गरेको छ।

बिहीबार एक विज्ञप्तिमार्फत आयोगले चारवटा टोलीले उपत्यकाको दिनभर अनुगमन गरेको जनाएको छ।

अनुगमनको क्रममा तीनकुनेमा आयोजित युवा संघ नेपालको प्रदर्शन शान्तिपूर्ण रूपमा सम्पन्न भएको देखिएको आयोगको निष्कर्ष छ।

आयोगले विज्ञप्तिमा भनेको छ, ‘बल्खुमा भएको प्रदर्शनमा युवा संघ र प्रसाईं पक्षका समूहबीच झडप तथा ढुंगा र इट्टा प्रहार भएको, प्रसाईं पक्षको समूहबाट प्रहरीको सुरक्षा घेरा तोडेर कालिमाटीतर्फ जान खोज्दा प्रहरीसँग झडप भएको, स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास र पानीका फोहोरा प्रहार गरेको सो क्रममा केही मोटरसाइकल, स्कुटरमा सामान्य क्षति पुगेको तथा केही व्यक्ति घाइते भएको अनुगमनबाट पाइएको छ।’

प्रदर्शनका कारण प्रदर्शन क्षेत्रका विद्यालयहरूमा पठनपाठन अवरुद्ध रहेको र उक्त क्षेत्रका पसलहरू बन्द हुँदा निर्वाधरूपमा पेसा व्यवसाय गर्ने अधिकारमा असर परेको आयोगले जनाएको छ। 

सर्वसाधारणले स्वतन्त्र र सुरक्षितरूपमा आवतजावत गर्न नपाएकाले यसबाट नागरिकको आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार र बालबालिकाको शिक्षाको अधिकारमा असर परेको आयोगको अनुगमनबाट देखिएको छ। 

Skip This