काठमाडौं-माछापुच्छ्रे बैंक लिमिटेडका नवनियुक्त अध्यक्ष रोशन केसीले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसमक्ष पद तथा गोपनीयताको सपथ ग्रहण गर्नुभएको छ।
उक्त सपथ ग्रहण कार्यक्रममा राष्ट्र बैंकका डेपुटी गभर्नर, कार्यकारी निर्देशक तथा अन्य पदाधिकारीका साथै माछापुच्छ्रे बैंक सञ्चालक समिति सदस्य, प्रमुख कार्यकारी अधिकृत लगायतको उपस्थिति रहेको थियो।
माछापुच्छ्रे बैंकको बिहीवार बसेको ४९१ औं सञ्चालक समितिको बैठकले केसीलाई अध्यक्षमा चयन गरेको थियो।
उहाँ एक सफल युवा व्यवसायीको रुपमा स्थापित भई हाइड्रो, कन्स्ट्रक्सन, बैंक तथा वित्तीय संस्था एवम् अन्य क्षेत्रमा पनि आबद्ध रहँदै आएको बैंकले जनाएको छ।






प्रतिक्रिया