अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्री प्रचण्ड र कतारका विदेश राज्यमन्त्रीबीच शिष्टाचार भेट

प्रधानमन्त्री प्रचण्ड र कतारका विदेश राज्यमन्त्रीबीच शिष्टाचार भेट


काठमाडौँ-प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग नेपाल भ्रमणमा रहनुभएका कतारका विदेश राज्यमन्त्री सुल्तान बिन साद अल–मुखैरीले शिष्टाचार भेटवार्ता गर्नुभएको छ।

त्यस अवसरमा उहाँहरुबीच दुई देशबीचको सम्बन्ध, आपसी हित र चासोका विविध विषयमा छलफल भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ। साथै उहाँहरुबीच लगानी र श्रम सहयोगबारे पनि विचार आदानप्रदान भएको थियो।

Skip This