अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

काठमाडौं महानगरकी उपमेयर सुनिता डंगोल अस्ट्रेलिया प्रस्थान

काठमाडौं महानगरकी उपमेयर सुनिता डंगोल अस्ट्रेलिया प्रस्थान


काठमाडौं-काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोल अस्ट्रेलिया प्रस्थान गर्नुभएको छ।

शुक्रबार उपप्रमुख डंगोल अस्ट्रेलिया भ्रमणका लागि जानु भएको हो । भ्रमणमा अस्ट्रेलियाका विभिन्न सहरमा रहेका खनिज तथा ऊर्जा, कृषि पर्यटन, विश्व सम्पदा सूचीमा सूचीकृत पर्यटकीय क्षेत्रहरूको अवलोकनलगायत स्थानको अवलोकन गर्ने महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले बताउनु भयो। 

उपप्रमुख डंगोलका अनुसार यस भ्रमणले आपसी हित प्रवर्द्धनमा टेवा पुग्नेछ। 

भ्रमण सकेर उपप्रमुख डंगोल मंसिर १७ गते स्वदेश फर्किने महानगरपालिकाले जनाएको छ। यस्तै, भ्रमण अवधिको खर्च अस्ट्रेलिया सरकारले व्यहोर्ने जनाइएको छ।

Skip This