अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आज हल्का हिमपातको सम्भावना

आज हल्का हिमपातको सम्भावना


काठमाडौँ–हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल  सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी पहाडी भूभागमा आंशिक बदली र तराई भूभागमा आंशिक बदली  रहनेछ। देशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

आज  राति भने सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेश पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ। देशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।