काठमाडौँ-नेपाल प्रहरीका २६ जना कर्मचारी सम्पर्कविहीन भएका छन् ।
नेपाल प्रहरी प्रधान कार्यालय नक्सालले सम्पर्कविहीन भएको २६ प्रहरी कर्मचारीलाई सम्पर्कमा आउन आग्रह गरेको हो ।
कार्यालय आज सूचना जारी गर्दै हाजिर हुन नआएका २६ प्रहरी कर्मचारीलाई सात दिनभित्र हाजिर हुनु आग्रह गरेको हो ।
आफूखुसी गैरहाजिर रहेको र खोजतलास गराउँदा तथा प्रहरी नियमावली २०७१ को नियम ११५ को देहाय (२) बमोजिम प्रक्रिया पूरा गरी सूचना टाँस भइसक्दा समेत उनीहरू कार्यालयको सम्पर्कमा नआएको कार्यालयले जनाएको छ।
सूचना प्रकाशित भएको सात दिनभित्र आफू गैरहाजिर रहनुको कारणसहित उपस्थित हुन भनेको छ । उपस्थित नभएमा उनीहरूलाई सेवाबाट बर्खास्त गरिने कार्यालयले जनाएको छ।




प्रतिक्रिया