चिकित्सा शिक्षा सुधारका अभियन्ता प्राडा गोविन्द केसीले स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतलाई तत्काल पदबाट बर्खास्त गर्न सरकारसँग माग गर्नुभएको छ।
मन्त्री बस्नेतले आफूलाई ‘गलत गिरोहबाट सञ्चालित’ भएको आरोप लगाउनु भएपछि आइतबार विज्ञप्ति निकालेर डा. केसीले स्वास्थ्यमन्त्री बस्नेतलाई पदबाट हटाउन सरकारसँग माग गरेका गर्नुभएको हो।
मन्त्री बस्नेतले शनिबार राष्ट्रिय ट्रमा सेन्टरमा आयोजित कार्यक्रममा केसीले गलत माग लिएर अनसन बस्ने गरेको आरोप लगाउनु भएको थियो।
मन्त्री बस्नेतलाई ‘माफियाको नाइके’ भएको आरोप लगाउँदै डा. केसीले उहाँ पदमा बसिरहनु लोकतान्त्रिक मूल्य/मान्यताको बर्खिलाप भएको दाबी गर्नुभएको छ।
‘मापदण्ड नपुगेका र विगतमा ऐनविपरीत सञ्चालन गरेका शिक्षालयहरूलाई दण्डित गर्नुको सट्टा ऐनविपरीत सम्बन्धन दिलाउन सम्बन्धित सरकारी निकायहरूलाई दबाब दिनु गैरकानुनी र खेदपूर्ण कार्य हो’ डा. केसीले विज्ञप्तिमा लेखेका छन्, ‘यसले के प्रमाणित गर्छ भने देउवा र प्रचण्डजीका स्वास्थ्यमन्त्री माफियाहरुका नाइके हुन् र उनी मन्त्री पदमा रहिरहनु लोकतान्त्रिक मूल्य/मान्यताको बर्खिलाप हो। निजलाई तत्काल पदमुक्त गरियोस्।’
डा. केसीले स्वास्थ्यमन्त्री बस्नेतसँग स्वास्थ्यसम्बन्धी ज्ञान, अनुभव नभएको र जान्ने प्रयास पनि नगरेको आरोप पनि लगाउनु भएको छ ।




प्रतिक्रिया