अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

ग्लोबल आइएमई बैंकको ३५१औं शाखा बैतडीको पाटनमा

ग्लोबल आइएमई बैंकको ३५१औं शाखा बैतडीको पाटनमा


ग्लोबल आइएमई बैंक लिमिटेडले बैतडीको पाटन नगरपालिका वडा-६ स्थित पाटन बजारमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ। उक्त नयाँ शाखा कार्यालयको उद्घाटन पाटन नगरपालिकाका नगर प्रमुख गौरी सिंह रावलले गर्नुभयाे।

नयाँ शाखाको सञ्चालनसँगै बैंकको शाखा कार्यालयहरूको संख्या ३५१ पुगेको बैंकले जनाएको  छ। यो बैंक मुलुकका ७७ वटै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको वाणिज्य बैंक हो। 

बैंकले ३५१ शाखा, ३६९ एटीएम, २७४ शाखारहित बैंकिङ सेवा, ६६ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा तीनवटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी १ हजार १ सयभन्दा बढी सेवा केन्द्रबाट ४५ लाखभन्दा बढी ग्राहकहरूमाझ उत्कृष्ट सेवा प्रदान गरिरहेको छ। 

त्यसैगरी, बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङलगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आइरहेको छ।

Skip This