अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

डिशहोम फाइबरनेटको सान्दार १२ महिने योजना अफर सार्वजनिक

डिशहोम फाइबरनेटको सान्दार १२ महिने योजना अफर सार्वजनिक


काठमाडौँ-डिशहोम फाइबरनेट कम्पनीले हालसालै सार्वजनिक गरेको ईन्टरनेटका विभिन्न वार्षिक योजनाहरुमा भारी छुट रहेको छ।

यस अफर अन्तर्गत अब नयाँ ग्राहकले ५० एमबीपीएसको वार्षिक प्याकेज मात्र रु.६ हजार ६८५ (भ्याट बाहेक)मा जडान गर्न सक्नेछन्। साथै ग्राहकले वार्षिक प्याकेज जडान गर्दा फाईभ-जी (डुअल ब्यान्ड) राउटर पनि सितैमा पाउने कम्पनीले जनाएको छ । यसअघि यही ५० एमबीपीएसको वार्षिक प्याकेजको मुल्य रु.७ हजार ७९९ रुपैयाँ पर्थ्यो ।

यो सान्दार १२ महिने योजना अफर अन्तर्गत नयाँ ग्राहकले ५० एमबीपीएस देखि ३ सय एमबीपीएस सम्मका प्याकेजहरु जडान गर्न सक्नेछन्।

जसमा ग्राहकहरुले ५० एमबीपीएसदेखि २ सय ५० एमबीपीएस सम्मको वार्षिक प्याकेज जडान गर्दा फाईभ–जी राउटर पाउनेछन् भने ३ सय एमबीपीएसको प्याकेज लिने ग्राहकले वाईफाई–६ राउटर पाउने छन्।

यसअघि कम्पनीले जारी गरेको फेस्टिभ २४ महिने अफरलाई भने निरन्तरता दिने जनाएको छ। ५० एमबीपीएसको २४ महिने अफरको मुल्य रु १० हजार ४९९ (भ्याट बाहेक) पर्ने रहेको छ।

थप जानकारीको लागि आफू नजिकैको डिशहोम फाइबरनेट डिलर दाइ वा आज नै ०१-५९७०३६५ मा सिधै फोन गर्न सक्ने डिशहोम फाइबर नेटले जनाएको छ।

Skip This