अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अनेरास्ववियु ताप्लेजुङ सह-संयोजकमाथि सांघातिक आक्रमण गर्नेलाई तत्काल कारबाही गरियोस्: योगेश भट्टराई

अनेरास्ववियु ताप्लेजुङ सह-संयोजकमाथि सांघातिक आक्रमण गर्नेलाई तत्काल कारबाही गरियोस्: योगेश भट्टराई


काठमाडाैं-नेकपा एमालेका सचिव तथा सांसद् याेगेश भट्टराईले अनेरास्ववियुका ताप्लेजुङ सह-संयाेजक विवेक बानियाँमाथि भएकाे आक्रमणकाे निन्दा गर्नुभएकाे छ।

सचिव भट्टराईले अपराधीलाई तत्काल कारबाही गर्न सामाजिक सञ्जाल फेसबुकमार्फत सरकारकाे गम्भीर ध्यानाकर्षण गराउनुभएकाे छ। उहाँले बानियाँकाे उपचारकाे व्यवस्था मिलाउन पनि सरकारसँग माग गर्नुभएकाे छ।

सचिव भट्टराईले लेख्नुभएकाे छ, ‘आज बिहान ताप्लेजुङ बजारमा अनेरास्ववियुका जिल्ला सह-संयोजक कमरेड विवेक बानियाँमाथि भएको सांघातिक आक्रमणको घोर निन्दा गर्दछु, अपराधीलाई तत्काल कारबाही गर्न र घाइते बानियाँको उपचारको व्यवस्था मिलाउन सरकारको गम्भीर ध्यानाकर्षण गर्दछु।’

सदरमुकाम फुङलिङ नगरपालिकास्थित आफ्नै निवास अगाडि बानियाँमाथि सोमबार बिहान खुकुरी प्रहार भएको थियाे । फुङलिङ-४ का प्रेमराज लिम्बूले खुकुरी प्रहार गर्दा बानियाँकाे खुट्टामा गम्भीर चाेट लागेकाे छ।

Skip This