अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

योजना कटौती गरेपछि कोशी प्रदेशसभा बैठकमा एमाले र राप्रपाले जनायो विरोध

योजना कटौती गरेपछि कोशी प्रदेशसभा बैठकमा एमाले र राप्रपाले जनायो विरोध


विराटनगर-प्रदेश सरकारले योजना कटौती गरेको भन्दै कोशी प्रदेशसभा बैठकमा नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीले विरोध गरेका छन्।

बजेटसम्बन्धी प्रतिस्थापन विधेयकमा कार्यक्रम कटौती भएपछि एमाले र राप्रपाले विरोध गरेका हुन् । प्रदेशसभाको आजको बैठक सुरु हुनासाथ एमाले र राप्रपाका सांसदले उठेर सदनमा विरोध गरेका थिए । त्यसपछि सभामुखको आसनमा रहेका इस्राइल मन्सुरीले एमाले उपनेता राम रानालाई बोल्न समय दिनुभएको थियो।

बजेट अध्यादेश प्रतिस्थापन गर्न सदनमा पेश गरिएको प्रतिस्थापन विधेयकमा मनपरी गरिएको एमालेको आरोप छ।

उपनेता रानाले बजेट सहमतिअनुसार नआएको भन्दै असन्तुष्टि प्रकट गर्नुभयो । उहाँले भन्नुभयो, ‘यो बजेट फेल भयो भने के हुन्छ भन्ने कुरा यो सरकारले सोचेको छ कि छैन?’