अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अध्यक्ष ओलीद्वारा प्रधानमन्त्री कार्यालयको नयाँ भवन अवलाेकन (तस्वीरहरू)

अध्यक्ष ओलीद्वारा प्रधानमन्त्री कार्यालयको नयाँ भवन अवलाेकन (तस्वीरहरू)


काठमाडौं-नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले भर्खरै पुनर्निर्माण सकिएर सञ्चालनमा आएको सिंहदरबारको पश्चिमतर्फको भवन अवलोकन गर्नुभएको छ।

२०७२ को भूकम्पपछि क्षति पुगेको यो भवन प्रबलीकरण (रेट्रोफिटिङ) गरी केही दिनअघिबाट सञ्चालन गरिएको थियो।

आफ्नो पालामा नयाँ डिजाइनसहित पुन:निर्माण गरे पनि बस्न नपाएको कार्यालय उहाँले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगै अवलोकन गर्नुभएको हो।

मध्यपहाडी यात्रामा निस्कनुअघि प्रधानमन्त्रीसँग भेट गर्न सिंहदबार पुगेका अध्यक्ष ओलीलाई प्रधानमन्त्री प्रचण्डले नयाँ कार्यकक्ष र कार्यालय भवनको अवलोकन गराउनु भयो।

अध्यक्ष ओलीले बाहिरी र भित्री कक्षहरूको ‘थ्रिडी एनिमेसन’ सहितको उक्त भवन अवलोकन गर्नुभयो।

सिंदरबारमा दुई नेताबीचको छलफल सुरु हुनुअघि प्रचण्डले ओलीलाई भवनको अवलोकन गराएका थिए।