अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गैंडा मारी खाग बेच्ने ८ जना सार्वजनिक

गैंडा मारी खाग बेच्ने ८ जना सार्वजनिक


चितवन-चितवन निकुञ्ज कार्यालयले खाल्डोमा पारेर गैंडा मारी खाग बिक्री गर्न लागेको आरोपमा पक्राउ परेका आठ जनालाई बिहीबार  सार्वजनिक गरेको छ।

गत कात्तिक ३० गते निकुञ्जको पूर्वी क्षेत्र चपरचुली क्षेत्रमा खाल्डोमा परेर मरेका खागबिहीन दुईवटा गैंडा फेला परेका थिए । सोही गैंडाको खागसहित आठजना समातिएको निकुञ्ज कार्यालले जनाएको छ। 

पक्राउ पर्नेमा मकवानपुर हेटाैंडा उपमहानगरपालिका-३ लेबर्ट बस्ने ३३ वर्षका रमेश खाती रहेका छन्। उनी मुख्य याेजनाकार भएकाे निकुञ्ज कार्यालयले जारी गरेकाे प्रेेस विज्ञप्तिमा उल्लेख छ। उनी ९ गते चितवनकाे राप्ती-९ बाट समातिएका हुन् ।

त्यसैगरी पक्राउ परेकामध्ये थिङ बाजे भन्ने मकवाानपुर मनहरी-६ नयाँ बस्तीका ५६ वर्षीय सिताराम थिङ र मकवानपुर राक्सीराङ-९ मुल घरभइ हेटाैंडा-४ बस्ने ४४ वर्षीय समशेर थिङलाई पनि निकुञ्जले गैंडा मार्ने याेजनाकार भएकाे बताएकाे छ।उनीहरू पनि नाै गते नै राप्ती-६ बाट समातिएका हुन्।

गैंडाकाे खाग पनि राप्ती-६ मा नै फेला परेकाे प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुनले बताउनु भयो। निकुञ्जले राप्ती-११ का ४२ वर्षीय पासाङ भन्ने आइतसिंह माेक्तान, राेल्पा सुनछहारी गाउँपालिका-६ फागम घर भइ मकवानपुर हेटाैंडा-५ बस्ने २८ वर्षका अर्जुन राेका, घले भन्ने गाेरखा बारपाक घर भई भरतपुर-११ लामा टाेल बस्ने ७७ वर्षका धनबहादुर गुरूङ, चितवन काेराकका ४० वर्षीय उनबहादुर स्याङ्तान र स्याङ्बाे भन्ने मकवानपुर मनहरी घर भइ चितवन बाँदुरझुला बस्ने वर्ष ५६ काे इन्द्रबहादुर तमाङ रहेका छन् । उनबहादुर र इन्द्र ११ गते पक्राउ परेका हुन् भने अरू नाै गते समातिएका हुन्।

उनीहरूलाई अनुसन्धान गर्न चितवन जिल्ला अदालतले सात दिनकाे म्याद दिएकाे निकुञ्जका सुचना अधिकारी रहेका गणेशप्रसाद तिवारीले बताउनुभयो। उनीहरूलाई अनुसन्धान गरि मुद्दा चलाउन ४५ दिनसम्मकाे समय पाइन्छ। गैंडा मुद्दामा अपराध पुष्टि भए १० लाख रूपैयाँसम्म कैद र १५ वर्षसम्म कैद हुने कानुनी व्यवस्था छ।