अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बुढानीलकण्ठका सबइन्जिनियर ८० हजार घुससहित पक्राउ

बुढानीलकण्ठका सबइन्जिनियर ८० हजार घुससहित पक्राउ


अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले काठमाडौं बूढानीलकण्ठ नगरपालिकामा कार्यरत सव-इन्जिनियर टिकाराज राईलाई घर निर्माण सम्पन्न भएको प्रमाणपत्र उपलब्ध गराए वापत सेवाग्राहीसँग घुस लिएको आरोपमा पक्राउ गरिएको छ। 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टंगालबाट खटिई गएको टोलीले निज सव–इन्जिनियर टिकाराज राईलाई सेवाग्राहीबाट ८० हजार रुपियाँ घुस रकम लिइसकेको अवस्थामा रकमसहित पक्राउ गरिएको हो। 

आयोगका प्रवक्ता भोला दाहालका अनुसार राईलाई बूढानीलकण्ठ नगरपालिका वडा नं. ७ बाट आज  नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ ।