अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नक्कली भुटानी शरणार्थी प्रकरण: कसको हकमा के आदेश ?

नक्कली भुटानी शरणार्थी प्रकरण: कसको हकमा के आदेश ?


काठमाडौं-उच्च अदालत पाटनले नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रतिवादी बनाएर पक्राउ गरिएकामध्ये आधालाई साधारण तारेख तथा धरौटीमा छाड्न आदेश गरेको छ।

यसअघि काठमाडौं जिल्ला अदालतले पक्राउ परेकामध्ये ३ जनालाई मात्र धरौटीमा छाडेको थियो भने १८ जनालाई थुनामा पठाएको थियो।

पूर्वमन्त्री टोपबहादुर रायमाझी थुनामै रहने भएका छन् भने पूर्व गृहमन्त्री बालकृष्ण खाँण अर्को इजलासले टुंगो नलगाउञ्जेल थुनामै रहने भएका छन्।

अदालतको आदेशअनुसार रायमाझीसहित टेकनारायण पाण्डे, डा इन्द्रजित राई, केशव प्रसाद दुलाल, सानु भण्डारी, सागर राई, गोविन्द कुमार चौधरी, सन्देश शर्मा, आङटावा शेर्पा थुनामै रहने भएका हुन् ।

जिल्लाले धरौटी मागेका केशव तुलाधर, लक्ष्मी महर्जन र टंक गुरुङलाई उच्च अदालतले साधारण तारेखमा छाड्ने आदेश गरेको छ। थुनामा पठाइएका आशिष बुढाथोकीलाई पनि साधारण तारेखमा छाड्ने उच्चबाट आदेश भएको छ।

अदालतले नरेन्द्र केसीलाई १० लाख, शमशेर मियाँलाई १० लाख, हरिभक्त महर्जनलाई १५ लाख, टेकनाथ रिजाललाई १५ लाख र सन्दीप रायमाझीलाई ३० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ। यस्तै रामशरण केसीसँग १५ लाख रुपैयाँ धरौटी मागिएको छ।

कसको हकमा के आदेश ?