अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

३० दूरसञ्चार प्रदायक कम्पनीलाई सात दिनभित्र  सम्पर्कमा आउन प्राधिकरणको आग्रह

३० दूरसञ्चार प्रदायक कम्पनीलाई सात दिनभित्र  सम्पर्कमा आउन प्राधिकरणको आग्रह


काठमाडौँ–नेपाल दूरसञ्चार प्राधिकरणले ३० वटा दूरसञ्चार प्रदायक कम्पनीलाई सम्पर्कमा आउन आग्रह गरेको छ । प्राधिकरणले आइतबार सूचना जारी गर्दै सात दिनभित्र सम्पर्कमा आउन समय दिएको हो ।  

नियमानुसार बुझाउनुपर्ने अडिटेड वित्तीय विवरण तथा रोयल्टी नबुझाएको भन्दै  प्राधिकरणले दूरसञ्चार कम्पनीलाई सात दिनभित्र सम्पर्कमा आउन भनेको छ ।  

यस्तै उक्त अवधिभित्र सम्पर्कमा नआएमा दूरसञ्चार ऐन, २०५३ बमोजिम प्राधिकरणबाट प्रदान गरिएको अनुमतिपत्र खारेजी गर्ने प्रक्रिया अगाडि बढाइने बताएको छ ।

Skip This