काठमाडौं-डिश मिडिया नेटवर्क (डिशहोम)को ‘हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार’ योजनाअन्तर्गत धनगढीका आनसिंह बोहराले जितेको पुरस्कार रकम हस्तान्तरण गरिएको छ।
मंगलवार एक कार्यक्रमको आयोजना गरी उहाँलाई नेटवर्कका रिजनल सेल्स म्यानेजर विपिन्द्र न्यौपानेले एक लाख रुपैयाँ हस्तान्तरण गर्नु भएको हाे ।
२०८० कार्तिक २० गते सोमवार भएको लक्की ड्रमार्फत बोहराले एक लाख रुपैयाँ जित्नु भएको थियो ।
डिशहोमले दशैँ-तिहारलाई लक्षित गर्दै आफ्नो नयाँ योजना ‘हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार’ सार्वजनिक गरेको थियो ।
‘उत्साहजनक रुपमा यो योजनाको लाभ उठाइ रिचार्ज तथा नयाँ कनेक्सन जडान गर्ने हाम्रा ग्राहकलाई हार्दिक धन्यवाद साथै हरेक हप्ता नगद एक लाख रुपैयाँ जित्न सफल भएकोमा सम्पूर्ण विजेतालाई हार्दिक बधाई,’ डिशहोमले विज्ञप्तिमार्फत भनेको छ, ‘निकट भविष्यमा पनि कम्पनीले यस्तै खालका विभिन्न योजना ल्याउने छ । जसबाट हाम्रा ग्राहकले लाभ उठाउने विश्वास कम्पनीले लिएको छ।’






प्रतिक्रिया