अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एनसेलविरुद्ध उच्च अदालत पाटनमा रिट

एनसेलविरुद्ध उच्च अदालत पाटनमा रिट


काठमाडौं-दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलविरुद्ध उच्च अदालत पाटनमा रिट दर्ता भएको छ। एनसेलको ८० प्रतिशत सेयर बिक्री अवैध भएको भन्दै बाजुराका गोकुलबहादुर रोकायाले रिट दायर गरेका हुन्। 

रिटमा एनसेलको सेयर ब्रिकी शंकास्पद भएको भन्दै अुनसन्धानका लागि पनि आदेश माग गरिएको छ। 

पाँच वर्षअघि स्वीडिस कम्पनी टेलियासोनेरासँग १.३ विलियन अमेरिकी डलरमा आजियाटाले किनेको एनसेलको ८० प्रतिशत सेयर अहिले ५० मिलियन अमेरिकी डलरमा किस्ताबन्दीमा भुक्तानी गर्ने गरी भएको ब्रिकी शंकास्पद भएको रिटमा उल्लेख गरिएको छ। 

Skip This