अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधान सेनापतिको रोलमा बसेकाहरूको उमेर छानविन हुनुपर्छ: रघुजी पन्त

प्रधान सेनापतिको रोलमा बसेकाहरूको उमेर छानविन हुनुपर्छ: रघुजी पन्त


काठमाडौँ-नेकपा एमालेका सांसद रघुजी पन्तले भावी प्रधानसेनापतिको रोलक्रममा रहेका सैनिक अधिकृतहरुको उमेरको सम्बन्धमा रक्षा मन्त्रालयले छानबिन गर्नुपर्ने बताउनु भएको छ।

शुक्रबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सांसद पन्तले प्रधानसेनापतिको रोलक्रममा आउने सैनिक अधिकृतहरुको उमेर सम्बन्धी विवाद पटक–पटक आउने गरेको भन्दै सो प्रकारको विवादको निरुपण हुनुपर्ने बताउनु भयो ।

उहाँले प्रधानसेनापतिको रोलक्रममा रहेकाहरु सबैको उमेरको सम्बन्धमा रक्षा मन्त्रालयको सचिवको नेतृत्वमा समिति बनाएर छानबिन गर्नुपर्ने बताउनु भयो ।  

उहाँले प्रधान सेनापतिको रोलक्रममा रहेकाहरु सबैको उमेरको सम्बन्धमा रक्षा मन्त्रालयको सचिवको नेतृत्वमा समिति बनाएर छानविन गर्नुपर्ने बताउनु भयो ।

‘पीएसओ केहीको फिर्ता गरियो फिर्ता गरिएको मध्येबाट पनि केही माननीयज्युहरुले पुनः लिनुभयो भनिएको छ। यो विषयमा समितिले पहिल्यै निर्णय गरेको थियो। समितिले निर्णय गरेपछि कार्यान्वयन हुनुपर्छ। हाम्रो निर्णयलाई कार्यान्वयन नगरिकन आलटाल गरेर थन्क्याइयो भने समितिको प्रभावकारिता हुँदैन। सेनाको बारेमा नकारात्मक ढंगले मिडिया र संसदमा छलफल हुनु आफैँमा राम्रो होइन। बढुवाको लागि जुन जर्नेलको नाम पठाइएको छ, उसको पनि उमेरको बारेमा प्रमाणसहित, डकुमेण्टसहित अखबारहरुमा छताछुल्ल भएको छ। जब प्रधान सेनापतिको लाइनमा बस्ने बेला हुन्छ, यस्ता विवादहरु आउने हुनाले यो समितिले आज एउटा निर्णय के गर्नुपर्छ भन्दाखेरी रक्षा मन्त्रालयको सचिवको नेतृत्वमा किनभने सेना आफैँले छानविन गर्दाखेरी त त्रुटी भएको फेला प¥यो नि,’ सांसद पन्तले भन्नुभयो ।

सांसद पन्तले नेपाली सेनाभित्रै छानविन भएर क्लिनचिट पाएकाहरुको पनि पनि उमेरमा कैफियत देखिएको उदाहारण दिँदै सेनाभित्रको छानविनले मात्रै नपुग्ने पनि बताउनु भयो। उहाँले अनावश्यक नेताहरुले समेत निजी सुरक्षा अधिकृतको सुविधा लिने गरेका भन्दै यसमा कडाइ गर्नुपर्ने बताउनु भयो।

Skip This