काठमाडौँ–काठमाडौँमा आज यो वर्षकै चिसो दिन रेकर्ड कायम भएको छ । काठमाडौँमा आज बिहानको तापक्रम ६ डिग्री सेल्सियस रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
यस्तै महाशाखाका आज सबैभन्दा बढी चिसो जुम्लामा मापन गरिएको छ । जुम्लाको न्यूनतम तापक्रम माइनस ४.७ डिग्री रहेको छ ।
यस्तै पश्चिम र मध्य तराईको केही र पूर्वी तराईका धेरै भू–भागमा हुस्सु/कुहिरो लागेको महाशाखाले जनाएको छ ।
बिहानको समयमा देशको तराईका भू–भागहरूमा लागेको हुस्सु/कुहिरो मध्यान्न पछि क्रमिक रूपमा सुधार हुँदै जाने सम्भावना रहेको छ ।
यसको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा समेत आंशिक प्रभाव पर्नसक्ने सम्भावना रहेकाले आवश्यक सावधानी तथा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।




प्रतिक्रिया