अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेपाल–भारत सीमामा एक युवकमाथि गोली प्रहार

नेपाल–भारत सीमामा एक युवकमाथि गोली प्रहार


काठमाडौँ–मोरङमा नेपाल–भारत सीमामा एक युवकमाथि गोली प्रहार भएको छ । हिजो साँझ विराटनगर–१६ दशगजानजिकै भारतीय क्षेत्रमा अज्ञात समूहले युवकमाथि गोली प्रहार गरेका हुन् ।  

उक्त घटनामा विराटनगर महानगरपालिका–८, मधुमाराका २७ वर्षीय निर्दोष संग्रौला घाइते हुनुभएको छ । उहाँको कोशी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

उहाँ खाद्य सामाग्री किन्न जोगबनी गएको भन्ने बुझिए पनि घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।