अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अध्यक्ष ओली ओखलढुंगाको हर्कपुरमा पुग्दा यस्तो देखियो (फोटो फिचर)

अध्यक्ष ओली ओखलढुंगाको हर्कपुरमा पुग्दा यस्तो देखियो (फोटो फिचर)


ओखलढुंगा-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली ओखलढुंगाको हर्कपुरमा आइपुग्नुभएको छ।

‘झुलाघाट-चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’ अभियानकाे १३औं दिन पार्टी अध्यक्ष केपी शर्मा ओली नेतृत्वकाे टाेली हर्कपुरमा आइपुगेको हाे।

रामेछापको मन्थलीबाट बिहान हिँडेको अध्यक्ष ओली नेतृत्वको टोली सिन्धुलीको विभिन्न ठाउँमा भेटघाट, सभा गर्दै केहीबेरअघि कोशी प्रवेशकाे ओखलढुंगा हर्कपुरमा प्रवेश गरेको हो।

अध्यक्ष ओलीसहित नेताहरूलाई स्वागत गर्न उदयपुर, ओखलढुंगा, सोलुखुम्बु र खोटाङबाट कार्यकर्ता, समर्थक र स्थानीयले भव्य स्वागत गर्नुभएकाे छ।

ओखलढुंगाको हर्कपुरमा सभा गरेर आजै संकल्प यात्रा खोटाङको हलेँसी हुँदै दिक्तेलमा बास बस्ने तालिका छ।