अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा ख्रीष्टियन महासंघका अध्यक्ष गहतराज पक्राउ

नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा ख्रीष्टियन महासंघका अध्यक्ष गहतराज पक्राउ


काठमाडौँ-नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालका अध्यक्ष चरीबहादुर (सीबी) गहतराज पक्राउ परेका छन्।

स्नातक (ब्याचलर) को नक्कली सर्टिफिकेट बनाएर दुरुपयोग गरेको आरोपमा प्रहरीले मंगलबार गहतराजलाई पक्राउ गरेको हो।

क्रिश्चियन धर्मगुरु समेत रहेका उनले प्रयोग गर्दै आएको शैक्षिक प्रमाणपत्र नक्कली रहेको खुलेपछि जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले पक्राउ गरेको हो।

जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार गहतराजलाई मंगलबार अपराह्न सिंहदरबारबाट पक्राउ गरिएको जनाएको छ । उहाँमाथि स्नातक तहको ट्रान्सक्रिप्ट, माइग्रेसन लगायतको कागजात कीर्ते गरेको उजुरी परेको थियो।

गहतराजले महान् अभियान नामक पत्रिका दर्ता गर्ने क्रममा आफू स्नातक उत्तीर्ण भनी स्नातक तहको कागजात कीर्ते गरेको आरोप छ। गहतराजले पशुपति क्याम्पसबाट प्रथम श्रेणीमा ब्याचलर पास भएको भनी कागजात बनाएका थिए । उक्त कागजातको छानबिन गर्दा नक्कली भएको पुष्टि भएको थियो ।

त्रिविले उनको रजिष्ट्रेशन नम्बर (५–०१–१४–०२६–१९९४) सँग मेल खाने अभिलेख नभएको जवाफ सूचना विभागलाई दिएको थियो । गत भदौ २७ गते त्रिविले पठाएको पत्रमा ‘चरीबहादुर गहतराज, रजिष्ट्रेशन नम्बर (५–०१–१४–०२६–१९९४) को स्नातक डिग्रीको ट्रान्सक्रिप्ट, माइग्रेशन र प्रोभिजनल सर्टिफिकेट यस कार्यालयको रेकर्ड भिडाई हेर्दा मेल नखाएको’, जनाएको थियो।

चावहिलस्थित पशुपति बहुमुखी क्याम्पसबाट वि.सं. २०५५ सालमा प्रथम श्रेणीमा उत्तीर्ण भएको प्रमाणपत्र नक्कली भएको प्रमाणित भएपछि विभागले कारबाही थालेको थियो।