अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बाराको सिम्रौनगढमा झडप: प्रहरीको गोली लागेर १ घाइते

बाराको सिम्रौनगढमा झडप: प्रहरीको गोली लागेर १ घाइते


बारा-बाराको सिम्रौनगढ नगरपालिकामा प्रहरीले गोली चलाएको छ।

नगरपालिकामा आन्दोलनरत शिक्षक, कर्मचारीले नगरपालिकाका नगर प्रमुख चढ्ने गाडी तोडफोडपछि आगजनी गर्न लागेपछि प्रहरीले अश्रुग्याँससहित गोली प्रहार गरेको थियो। गोली लागेर एक जना घाइते भएका छन्। गोली लाग्ने व्यक्तिको नाम भने खुलेको छैन । उनको उपचार गर्न नारायणी उपक्षेत्रीय अस्पताल लगिएको छ।

नगरपालिकाका शिक्षक, कर्मचारी, स्वास्थ्यकर्मीहरू १४ महिनायता सेवा सुविधा नपाएको भन्दै आन्दोलनरत रहेका छन्। झडप नियन्त्रणका लागि गएको प्रहरीमाथि प्रदर्शनकारीले ढुंगामुढा गर्दा १० जना प्रहरी घाइते भएका छन्। स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गर्दा एकजना प्रदर्शनकारीलाई गोली लागेको काफ्लेको भनाइ छ।

सिम्रौनगढ नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत नहुँदा विगत दुई महिनादेखि कर्मचारीहरूले तलब भत्ता पाउन सकेका छैनन् ।