काठमाडौँ-हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज दिउँसो कोशी प्रदेशको पहाडी भूभागमा आंशिक बदली र बाँकी भूभागको मौसम आंशिक बदली देखि सामान्यतया सफा रहनेछ।
राति कोशी प्रदेशको पहाडी भूभागमा आंशिक बदली र बाँकी भूभागको मौसम आंशिक बदली देखि सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।




प्रतिक्रिया