अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेको मध्यपहाड यात्रा समापनतिर,अब २७१ किलोमिटर मात्र बाँकी

एमालेको मध्यपहाड यात्रा समापनतिर,अब २७१ किलोमिटर मात्र बाँकी


काठमाडौं -मध्यपहाडका समस्याको पहिचान गरी समाधान उपाय खोज्न नेकपा एमालले मंसिर १४ गतेबाट मध्यपहाडी लोकमार्गमा सुरु गरेको मध्यपहाडी राजमार्गको यात्रा अब समापनतिर लागेको छ ।
१९ दिनको कार्यतालिका बनाएर १ हजार ८ सय ७९ किलोमिटर लामो यात्रा तय गरेको यात्राको आज १६ औं दिन हो । नेकपाका संस्थापक पुष्पलालको नामबाट नामाकारण गरिएको पुष्पलाल राजमार्गको यात्रा अब तीन् दिन बाँकी छ । यात्राको १६ औं दिनमा यात्रा टोली भाजपुर बजारबाट प्रस्थान गरेर धनकुटाको लेगुवा हुँदै पाख्रिबासमा खाना खाने र हिले सिंधुवाका जनतासँग साक्षात्कार गर्दैै लालिगुराँसको राजधानीको रुपमा रहेको लालिगुराँस नगरपालिकाको बसन्तपुरमा बास बस्ने कार्यक्रम रहेको पार्टीको प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमले बताउनुभयो ।
तेह्रथुम अध्यक्ष केपी शर्मा ओलीको जन्म जिल्ला पनि हो । त्यसैगरी बसन्तपुर पुष्पलाल राजमार्गमा पर्ने १० वटा नमुना सहर मध्ये एउटा सहर हो । त्यती मात्र होइन बसन्तपुर आसपासको क्षेत्र तीनजुरे मिल्के र जलजलेमा २४ प्रजातीक गुराँस पाइने ठाउँ पनि हो यो ।
गौतमका अनुसार भोली बसन्तपुरबाट म्याङलुङ हुँदै तेह्रथुमका भित्रि गाउँको बाटो भएर अध्यक्ष ओलीको जन्मस्थान आठराई गाउँपालिका पुगिनेछ । आठराईमा अध्यक्ष ओली कै घर र आसपासमा बस्न्े तयारी छ । भोलीको यात्रा ९४ किलोमिटर मात्र हुनेछ ।
मंसिर ३० गते पाँचथरको फिदिममा बसेर पुष १ गते पुष्पलाल राजमार्गको पूर्वी विन्दु चिवाभञ्ज्याङ पुग्ने कार्यक्रम छ । यहाँ पनि झुलाघाटमा जस्तै अध्यक्ष ओलीले राष्ट्रिय झण्ड गाडेर यात्राको समापन गर्नुहुने गौतमले जानकारी दिनुभयो ।

एमालेले हालसम्म १ हजार ६०८ किलोमिटर लामो यात्रा पार गरेको छ ।