अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रहरीका ५१३ असईको बढुवा सिफारिस

प्रहरीका ५१३ असईको बढुवा सिफारिस


काठमाडौँ–नेपाल प्रहरीका ५१३ जना असई बढुवा सिफारिस भएका छन् । प्रहरी प्रधान कार्यालय नक्सालको बढुवा समितिले बुधबार ५१३ जना प्रहरी सहायक निरीक्षक (असई) लाई प्रहरी प्रहरी नायव निरीक्षक (सई) मा बढुवाको लागि सिफारिस गरेको हो ।

बैठकले प्रहरी नियमावली २०७१ को नियम २७ को उपनियम (४) अनुसार उनीहरूलाई सईमा बढुवाको लागि सिफारिस गरिएको जनाएको छ । बढुवा समितिले सूचना प्रकाशित गरी असईबाट सईमा बढुवा भएका ५१३ जनाको नाम सार्वजनिक गरेको छ ।