काठमाडौँ–नेपालकी गायिका मेनुका पौडेलले गाएको बलिउड सिनेमा ‘सलार’को गीत सार्वजनिक भएको छ । निर्माण कम्पनीले युट्युबमार्फत ‘सुरज ही चाहो बन्के…’ बोलको हिन्दी गीत सार्वजनिक गरेको हो ।
रवि बसरुरले संगीत गरेको गीतमा शब्द रिया मुखर्जीको छ । गीतको लिरिकल भिडियो सार्वजनिक गरिएको छ ।
केही दिन अगाडि इन्डियन आइडलमा उनलाई यो गीतका लागि अवसर दिइएको जानकारी दिइएको थियो । यो गीतसँगै मेनुकाले भारतीय फिल्मको पार्श्वगायनमा डेब्यु गरेकी छन् ।






प्रतिक्रिया