अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

थमन विक हत्या पक्ररणमा लोसपाका प्रदेश सांसद शर्मालाई जन्म कैद

थमन विक हत्या पक्ररणमा लोसपाका प्रदेश सांसद शर्मालाई जन्म कैद


काठमाडौं-लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) मधेश प्रदेश सांसद अभिराम शर्मा सशस्त्र प्रहरीका असई थमन विक हत्या प्रकरणमा दोषी ठहर भएका छन्।

महोत्तरी क्षेत्र नम्बर ३ (१) बाट मधेश प्रदेश सभा सदस्यमा निर्वाचित शर्मालाई थमन विक हत्या प्रकरणमा जिल्ला अदालतले जन्मकैदको सजाय सुनाएको हो।

न्यायाधीश उद्ववप्रसाद भट्टराईको इजलासले शर्मालाई कर्तव्य ज्यानमा जन्मकैद र आगो लगाएर जलाएको घटनामा थप ६ महिना कैद हुने फैसला गरेको हो। 

यस प्रकरणमा अदालतले आगो लगाउने कार्यमा संलग्नहरूबाट विकका परिवारलाई १० लाख रुपैयाँ क्षतिपूर्ति भराउने पनि आदेश गरेको छ।