अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

थमन विक हत्या प्रकरणमा एमाले सांसद कोइरीलाई अदालतले दियो सफाइ

थमन विक हत्या प्रकरणमा एमाले सांसद कोइरीलाई अदालतले दियो सफाइ


काठमाडौं– महोत्तरी जिल्ला अदालतले सशस्त्र प्रहरी बलका सहायक निरीक्षक थमन विकको हत्यामा संलग्न भएको अभियोगमा निलम्बित नेकपा एमाले सांसद लक्ष्मी महत्तो कोइरीलाई सफाइ दिएको छ।

बिहीबार महोत्तरी जिल्ला अदालतले सांसद कोइरीको संलग्ना पुष्टि हुन नसकेको भन्दै सफाइ दिएको हो। जिल्ला न्यायाधीश उद्धव भट्टराईको इजलासले कोइरीलाई सफाइ दिएको हो।

मधेश प्रदेश सभा सदस्यसहित सात जनालाई भने अदालतले जन्मकैद फैसला सुनाएको छ। प्रदेश सभा सदस्य तथा लोसपा संसदीय दलका नेता अभिराम शर्मा, प्रदीप साह माझी, संजय साह, शंकर साही, सुरेश पाण्डेय र धम्रेन्द्र रायलाई जन्मकैदको फैसला सुनाइएको हो।

२०७२ भदौ २५ मा भएको असई विक हत्या प्रकरणमा एमालेका प्रतिनिधिसभा सदस्य महतोसहित २८ जनाविरुद्ध ०७५ साउन २८ गते कर्तव्यज्यान मुद्दा दर्ता भएको थियो।