अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

काठमाडौं महानगरको स्वर्णिम योजना सम्पन्नपछि राजधानीको मुहार फेरिन्छ: उपप्रमुख डंगोल

काठमाडौं महानगरको स्वर्णिम योजना सम्पन्नपछि राजधानीको मुहार फेरिन्छ: उपप्रमुख डंगोल


काठमाडौंकाठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले महानगरले ल्याएका १० गौरव र २५ स्वर्णिम योजनाहरु सम्पन्न भएसँगै सङ्घीय राजधानीको मुहार फेरिने दाबी गर्नुभएको छ।

आज २९ औं महानगर दिवसको अवसरमा सैनिक मञ्च टुँडिखेलमा आयोजित कार्यक्रममा बोल्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।

उपप्रमुख डंगोलले नियमित रुपमा सञ्चालन हुने दैनिक प्रशासनिक काम मात्र नभइ नयाँ कामको पनि थालनी गरिरहेको जानकारी दिनुभयो। उहाँले हरेक सेवाग्राहीको न्यायमा सहज र सरल ढङ्गले पहुँच पुर्‍याउन निःशुल्क कानुनी सेवा उपलब्ध गराएको पनि बताउनु भयो । उहाँले महानगरका कामबाट महानगरवासी खुशी भएको अनुभूति गरेको बताउनु भयो।

‘काठमाडौं महानगरपालिकाले वृहत्तर विकास गर्ने उद्देश्यले चालु आर्थिक वर्षमा हामीले नीति कार्यक्रम र बजेट सोही अनुसार बनाएका छौँ। नियमित रुपमा सञ्चालन हुने दैनिक प्रशासनिक काम मात्र नभएर त्यस अलावा १० गौरवका योजनाहरु र २५ स्वर्णिम योजनाहरु अघि सारेका छौँ। ति योजनाहरु सफल र सम्पन्न भएसँगै काठमाडौं महानगरपालिका सङ्घीय राजधानीको मुहार फेरिनेछ’ उपप्रमुख डंगोलले भन्नुभयो, ‘महानगरपालिकामा न्यायिक सुशासन कायम गर्नका लागि न्यायिक क्षेत्रमा विभन्न आमुल परिवर्तन आउने नयाँ पाइला चालेका छौँ । हरेक सेवाग्राहीको न्यायमा सहज र सरल ढङ्गले पहुँच हुनुपर्छ भनेर हामीले निःशुल्क कानुनी सेवा उपलब्ध गराएका छौँ। मेलमिलापको सेवा पनि निःशुल्क प्रदान गरेका छौँ। महानगरपालिकामा अहिले न्यायमा पहुँच वृद्धि भएको छ। महानगरवासी भने खुशी भएको अनुभूति गरेका छौँ।’

उपप्रमुख डंगोलले महानगरपालिकाले विभिन्न नयाँसँगै सिर्जनात्मक क्रियाकलाप अघि बढाइरहेको बताउनु भयो।