अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

‘एनिमल’को आकर्षण कायमै राख्यो, विक्की कौशलको ‘सामबहादुर’ बलियो

‘एनिमल’को आकर्षण कायमै राख्यो, विक्की कौशलको ‘सामबहादुर’ बलियो


काठमाडौँ–यही महिनाको पहिलो दिन रिलिज भएका ‘एनिमल’ र ‘सामबहादुर’ हलमा छन् । सन्दीप रेड्डी वाङ्गा निर्देशित ‘एनिमल’ यस वर्षको मेगा ब्लकबस्टर फिल्मको रुपमा उभिएको छ, जसले सफलताका नयाँ रेकर्ड बनाएको छ ।

‘एनिमल’ ले विश्वभर सबैभन्दा धेरै कमाउने १० भारतीय चलचित्रमा पनि आफ्नो स्थान सुरक्षित गरेको छ । फिल्मले रिलिज यता लगातार राम्रो व्यापार गरिरहेको छ ।

योसँगै देशका प्रथम फिल्ड मार्शल साम मानेकशको जीवनीमा आधारित विक्की कौशलको ‘साम बहादुर’ पनि दर्शकले रुचाइरहेका छन् ।  

रणवीर कपुर, रश्मिका मन्डन्ना, बबी देओल, अनिल कपुर र तृप्ती डिमरी जस्ता कलाकारहरुको अभिनय रहेको फिल्म ‘एनिमल’ ले घरेलु बक्स अफिसमा ५ सय करोड भारुभन्दा बढीको व्यापार गरेको छ । 

फिल्म ‘एनिमल’ले पहिलो हप्तामा ३३७.५८ करोड कमाउन सफल भएको थियो । बाबु छोराको संवेदनशिल कथामा आधारित यस फिल्ममा रणवीरको भूमिकाको सर्वत्र प्रशंसा भइरहेको छ ।

Skip This