अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

माछापुच्छ्रे बैंक, नेप्स र सिटीटेकबीच ‘एकीकृत व्यापारी व्यवस्थापन प्रणाली’ सम्झौता

माछापुच्छ्रे बैंक, नेप्स र सिटीटेकबीच ‘एकीकृत व्यापारी व्यवस्थापन प्रणाली’ सम्झौता


काठमाडौं-माछापुच्छ्रे बैंक लि, नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिष्टम्स लिमिटेड (नेप्स) र सिटीटेकले  एकीकृत व्यापारी व्यवस्थापन प्रणाली ‘युनाइटेड मर्चेन्ट म्यानेजमेन्ट सिस्टम (एमएमएस)’ गेट पे सञ्चालन गर्नका निमित्त त्रिपक्षीय सम्झौता गरेका छन्।

उक्त सम्झौतापत्रमा नेप्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत संजिव सुब्बा, सिटीटेकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत साजन शर्मा र माछापुच्छ्रे बैंकको तर्फबाट नायब महाप्रबन्धक प्रसिद्धराज अर्यालले हस्ताक्षर गरेका थिए।

नेप्स र सिटीटेकको सहकार्यमा विकास गरिएको गेट पे नामक एमएमएस सञ्चालनमा आईसकेपछि हाल छरिएर रहेका विभिन्न भुक्तानी उपकरण र सञ्जालहरुलाई बैंक र व्यापारीहरुले एकीकृत रुपमा व्यवस्थापन गर्न सक्नेछन्।

सम्झौताले व्यापारीहरुको हाल भुक्तानी उपकरण तथा सञ्जालसँग अलग अलग रजिस्ट्रेसन तथा व्यवस्थापन गर्नुपर्ने प्रक्रियालाई सरलीकृत गर्दै एकै प्लेटफर्म मार्फत सो कार्य गर्ने क्षमता प्रदान गर्नेछ।

Skip This