अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

चितवनबाट ४ क्विन्टल गाँजासहित दुई भारतीय नागरिक पक्राउ

चितवनबाट ४ क्विन्टल गाँजासहित दुई भारतीय नागरिक पक्राउ


चितवन-जिल्ला प्रहरी कार्यालय चितवनले ४ क्विन्टल गाँजा बरामद गरेको छ। विशेष सूचनाको आधारमा प्रहरीले गएराति भारतीय नम्बर प्लेटको खाली ट्रकबाट २८ वटा पोकामा प्याक गरी भारत लैजान लागेको ३९६ किलोग्राम गाँजा बरामद गरेको हो ।

वीरगञ्ज नाका हुँदै भित्रिएको जेएच ०२डब्लु ९६३१ नम्बरको भारतीय नम्बर प्लेटको ट्रकबाट गाँजा बरामद गरिएको चितवनका प्रहरीले जनाएको हो ।

प्रहरी अनुसार उक्त ट्रक भारतबाट खाली आइ मकवानपुरको मनहरी जंगल क्षेत्रमा केहीबेर हराएको थियो । सोही समयमा मकवानपुरको पहाडी भेगबाट झारिएको गाँजा लोड गरिएको अनुमान प्रहरीको छ।

चितवन प्रहरीले भारतको उत्तर प्रदेशअन्तर्गत सम्बल जिल्ला बैजई थाना पूरा गाउँ घर भएका ४५ वर्षका गाडी चालक अनिल गिरी र सम्बल जिल्लाकै केलादेवी थाना अपावती कुतवपुर घर भएका ३७ वर्षका राजपाल सिंह र गाँजा लोड गरिएको ट्रकसमेतलाई नियन्त्रणमा लिएको छ ।