अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

काठमाडौँका यी क्षेत्रमा चार दिन विद्युत् आपूर्ति बन्द हुने

काठमाडौँका यी क्षेत्रमा चार दिन विद्युत् आपूर्ति बन्द हुने


काठमाडौँ–काठमाडौँका विभिन्न स्थानमा चार दिन विद्युत् सेवा अवरुद्ध हुने भएको छ । 

नेपाल विद्युत् प्राधिकरणले आजदेखि चार दिन काठमाडौँका विभिन्न स्थानमा विद्युत् सेवा अवरुद्ध हुने जनाएको हो। 

प्राधिकरणले सूचना जारी गर्दै महाराजगञ्ज वितरण केन्द्र अन्तर्गतको विद्युतीय लाइन भूमिगत गर्ने कार्यका लागि विद्युत् सेवा अवरुद्ध गर्नु परेको बताएको छ । 

आज चपली तथा बूढानीलकण्ठ क्षेत्र, बिहीबार गोंगबु बसपार्क क्षेत्र, शुक्रबार चपली तथा हात्तीगौंडा र शनिबार चपली, बूढानीलकण्ठ तथा पासीकोट क्षेत्रमा विद्युत् आपूर्ति बन्द हुने प्राधिकरणको सूचनामा भनिएको छ । 

प्राधिकरणलेका अनुसार बिहान ९ः३० देखि दिउँसो २ बजेसम्म विद्युत् आपूर्ति बन्द हुनेछ ।