अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आइजीपी कुँवरले भन्नुभयो–मन्त्री नगएको भए बालकुमारी घटना हुँदैन थियो

आइजीपी कुँवरले भन्नुभयो–मन्त्री नगएको भए बालकुमारी घटना हुँदैन थियो

'बल प्रयोग नगरेको भए थप घटना हुन सक्थ्यो'


काठमाडौँ–नेपाल प्रहरीका महानिरीक्षक (आइजिपी) बसन्तबहादुर कुँवरले शुक्रबार भौतिक, पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला नगएको भए बालकुमारीमा दुई जना युवाको ज्यान जाने गरी घटना नहुने बताउनुभएको छ । सोमबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा आइजिपी कुँवरले मन्त्री ज्वाला त्यहाँ नपुगेको भए उक्त घटना नहुने बताउनुभएको हो । 

आइजीपी कुँवरले बालकुमारीमा प्रहरीले बल प्रयोग नगरेको भए थप गम्भीर घटना निम्तन सक्ने बताउनुभयो । उहाँले घटनास्थलको अवस्थाको बारेमा मन्त्रीको पीएसओले समेत समन्वय नगरेको बताउनुभयो ।

‘साढे ११ मा सामान्य बल प्रयोग भयो । ११:५२ मा मन्त्रीज्यू पार्टी प्यालेसबाट कोटेश्वरतर्फ जाँदै गरेको अवस्था थियो । त्यही बेलामा पिएसओले जानकारी लिने समन्वय गरेन । ११:५४ मा हातपात हुने अवस्था आयो,’ उहाँले भन्नुभयो, ‘पिएसओले मन्त्रीलाई सुरक्षित स्थानमा लगेको थियो । १२ बजे मन्त्रीको आगो लागेको हो । गोली कतिबेला चल्यो यकिन छैन । मन्त्रीको गाडी नआएको भए यस्तो घटना हुने थिएन ।’ 

आइजीपी कुँवरले मन्त्री ज्वालालाई नै गाडीमै राखेर जलाउन लाग्यो भन्ने अवस्था सिर्जना भएपछि प्रहरीले धर्यता गुमाएको बताउनुभएको छ ।  

Skip This