अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अन्नपूर्ण आधार शिविरमा माछापुछ्रे बैंकको वित्तीय तथा डिजिटल साक्षरता कार्यक्रम

अन्नपूर्ण आधार शिविरमा माछापुछ्रे बैंकको वित्तीय तथा डिजिटल साक्षरता कार्यक्रम


काठमाडौं-माछापुछ्रेबैंक लिमिटेडले पर्यटकहरूको आकर्षक गन्तव्य मानिएको अन्नपूर्ण आधार शिविरमा वित्तीय साक्षरता कार्यक्रमको आयोजना गरेको छ।

स्थानीय सेन्चुरी युवा क्लबसँगको सहकार्यमा बैंकले आधार शिविरमा रहेका व्यवसायी, स्थानीय व्यापारी तथा पर्यटकलाई लक्षित गरी हालै वित्तीय साक्षरता कार्यक्रमको आयोजना गरेको हो।

उक्त कार्यक्रममा वित्तीय ज्ञान र डिजिटल सेवाका फाइदा तथा जोखिमका साथै जोखिम न्यूनीकरणका उपायहरूका बारेमा जानकारी प्रदान गरिएको थियो।

सो विषयमा उपस्थित होटल व्यवसायी र स्थानीयबीच अन्र्तक्र्रिया कार्यक्रमसमेत सञ्चालन गरी नगदको विकल्पमा नवीन र प्रयोग गर्न सहज मानिने क्यूआर, पीओएस र एनएफसी सेवाको महत्वबारे अवगत गराइएको थियो। अन्नपूर्ण आधार शिविर क्षेत्रमा ५० भन्दा बढी होटेल तथा रेस्टुरेन्ट सञ्चालनमा रहेका छन्।

Skip This