अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

विद्युत् निर्यातसम्बन्धी सम्झौता विद्युत् व्यापारमा कोशेढुङ्गा: प्रधानमन्त्री दाहाल

विद्युत् निर्यातसम्बन्धी सम्झौता विद्युत् व्यापारमा कोशेढुङ्गा: प्रधानमन्त्री दाहाल


काठमाडौँ-प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र भारतबीच भएको बिजुली निर्यातसम्बन्धी दीर्घकालीन सम्झौता विद्युत् व्यापारका दृष्टिले कोशेढुङ्गा भएको बताउनुभएको छ।

रामेछापको सुनापति गाउँपालिकाको प्रशासकीय भवनको आज उद्घाटन गर्दै प्रधानमन्त्रीले भारतीय विदेशमन्त्री एस जयशङ्करको नेपाल भ्रमणका क्रममा भएको सो सहमतिले नेपालको ऊर्जा व्यापारका क्षेत्रमा गुणात्मक फड्को मार्ने विश्वास व्यक्त गर्नुभयो।

आफ्नो भारत भ्रमणका क्रममा दश वर्षमा दश हजार मेगावाट विद्युत् भारतलाई बिक्री गर्ने सम्झौता भएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले आजको सहमतिसँगै विद्युत् निर्यात गर्ने बाटो खुलेको बताउनुभयो। 'यो आफैँमा उपलब्धि हो, भारतमा मात्रै होइन, बङ्गलादेशमासमेत विद्युत् निर्यातको ढोका खुलेको छ', उहाँले भन्नुभयो, 'अब भारतको ग्रीड प्रयोग गरी बङ्गलादेशसँग विद्युत् व्यापार हुनेछ।'

फरक प्रसङ्गमा प्रधानमन्त्री दाहालले संसद्को प्रभावकारी सञ्चालन र सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित काम टुङ्गोमा पु¥याउन सत्ता गठबन्धनले राष्ट्रिय सहमतिको आवश्यकता महसुस गरेको बताउनुभयो। 'सानो दुःखले वर्तमान गठबन्धन बनाएको होइन, गठबन्धनलाई मजबुद बनाउन हामी दृढ छौँ', उहाँले भन्नुभयो, 'तर, कतिपय विषयमा राष्ट्रिय सहमति जरूरी हुन्छ, सदनको प्रभावकारी सञ्चालन र सङ्क्रमणकालीन न्यायसम्बन्धी बाँकी काम टुङ्ग्याउन राष्ट्रिय सहमति चाहेका छौँ।'

प्रधानमन्त्री दाहालले सुनापति गाउँपालिकाले भौतिक विकासमा राम्रो प्रगति गरेको उल्लेख गर्दै सेवा प्रवाह, शिक्षा, स्वास्थ्यको विकास, कृषि, पर्यटनको प्रवद्र्धन र रोजगारी सिर्जनामा केन्द्रित हुन जनप्रतिनिधिलाई अपिल गर्नुभयो।

‘शान्तिपूर्ण क्रान्ति जारी’

नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष दाहालले आजै रामेछापको बेथान पानीघाटमा आयोजित कार्यक्रममा जनयुद्धको शान्तिपूर्ण रूपान्तरणसँगै क्रान्तिको स्वरूप फेरिएको बताउनुभयो। उहाँले भन्नुभयो, 'हामी अहिले पनि क्रान्तिमै छौँ क्रान्ति सकिएको छैन, तर क्रान्तिको स्वरूप फेरिएको छ।'

अध्यक्ष दाहालले समाजवाद स्थापनाका लागि सामाजिक न्याय, सुशासन र समृद्धिको प्राथमिकतासहित वर्तमान सरकार अघि बढिरहेको बताउनुभयो। कार्यक्रममा प्रधानमन्त्री दाहालले बेथानका शहीद तीर्थ गौतम, फत्तबहादुर स्माली मगर र दिलमाया बम्जनका परिवारजनलाई सम्मान गर्नुभएको थियो। सो अवसरमा अध्यक्ष दाहालले शहीद स्मारकको उद्घाटन गर्नुभएको थियो।

Skip This