अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

टुटलका संस्थापक शिक्षित भट्ट पक्राउ

टुटलका संस्थापक शिक्षित भट्ट पक्राउ


काठमाडौं-राइड सेयरिङ एप टुटलका संस्थापक शिक्षित भट्ट पक्राउ परेका छन्। 

टुटल स्थापना गर्दाका साझेदारहरूको उजुरीका आधारमा काठमाडौं प्रहरी परिसरले भट्टलाई बिहीबार पक्राउ गरेको हो।

भट्टलाई जिल्ला प्रहरी परिसर, काठमाडौंको टोलीले बिहीबार राति पक्राउ गरेको काठमाडौं प्रहरी प्रमुख एसएसपी भुपेन्द्र खत्रीले बताउनुभयो ।
‘टुटल कम्पनी खोल्ने बेला साझेदारहरूबीच सम्मझौता भएको रहेछ। त्यसबेला लगानीका लागि पनि सम्झौता भएको देखियो’, खत्रीले भन्नभयो, ‘टुटल स्थापना गर्दा साझेदारबीच लगानी र ट्रेडमार्कबारेमा पनि सम्झौता भएको रहेछ। तर त्यसबीचमा त्यसबीचमा उनीहरूबीच समझदारी हुन नसक्दा समस्या देखिएको रहेछ।’

साझेदारहरूको विवादबीच शिक्षित भट्टले टुटललाई अघि बढाएका थिए। तर विवाद बढ्दै गएपछि दुई वर्षअघि टुटल बन्द भएको थियो।

तर भट्टले फेरि केही महिना अघिदेखि टुटललाई सञ्चालनमा ल्याएका थिए। यहीबीचमा टुटल छाडिसकेका उहाँका साझेदारहरूले नेपाल प्रतिलिपि अधिकार रजिष्ट्रारको कार्यालयमा उजुरी दिए।

त्यो उजुरी पनि अहिले काठमाडौं प्रहरी परिसरमा आइपुगेको छ। प्रहरीले पक्राउ परेका भट्टलाई अब आपराधिक विश्वास घात र प्रतिलिपि अधिकार संरक्षणसम्बन्धी मुद्दामा म्याद थप्न लागेको छ।

काठमाडौं प्रहरी परिसर प्रमुख खत्रीले भट्टलाई म्याद थपका लागि अदालत पठाउन लागिएको जानकारी दिनु भयो ।

Skip This