अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सर्लाहीको बरहथवामा झडप, एक जनाको मृत्यु

सर्लाहीको बरहथवामा झडप, एक जनाको मृत्यु


सर्लाही-सर्लाहीको बरहथवा  नगरपालिका परिसरमामा प्रदर्शनको क्रममा एकजना  प्रदर्शनकारीको मृत्यु भएको छ। सर्लाहीका प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाले एक जना प्रदर्शनकारीको मृत्यु भएको पुष्टि गर्नुभयो।

बरहथवाऔ६ स्थित प्राथमिक स्वास्थ्य केन्द्र स्तरोन्नतिका लागि मधेश प्रदेश सरकारलाई हस्तान्तरण गर्ने नगर कार्यपालिकाको निर्णय कार्यान्वयन गर्न माग गर्दै नेपाली कांग्रेससहितका दलले गरेको प्रदर्शनमा प्रहरी बीच झडप भएको हो।

अस्पतालको भवन स्वामित्वको विषयमा असन्तुष्ट स्थानीय नगरपालिका कार्यालय घेराउ गर्न पुगेपछि प्रहरीले रोकेको थियो।

मृततकको पहिचान खुलेको छैन। गोली लागेर मृत्यु भएको हो वा होइन भन्ने नखुलेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। अन्य केही व्यक्ति घाइते भएका छन्।

आन्दोलनकारीबाट नगरपालिका कार्यालय तथा नगरप्रमुख कल्पनाकुमारी कटुवालको घरमा ढुङ्गामुढा भएपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन हवाई फायर र अश्रुग्यास प्रहार गरेको थियो ।