अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्रीलाई वामदेवको प्रश्न: भएको विद्युत विदेशीलाई बेचेर कसरी हरित अर्थतन्त्र निर्माण हुन्छ ?

प्रधानमन्त्रीलाई वामदेवको प्रश्न: भएको विद्युत विदेशीलाई बेचेर कसरी हरित अर्थतन्त्र निर्माण हुन्छ ?


काठमाडौं-राष्ट्रियसभा सदस्य वामदेव गौतमले हरित अर्थतन्त्र निर्माणका लागि नेपालमा उत्पादन भएको विद्युत नेपालमै खपत गर्नुपर्ने बताउनु भएको छ।

आज दिगो विकास तथा सुशासन समितिको बैठकमा बोल्दै उहाँले भएको विद्युत अरु देशलाई बेचेर नेपालमा कसरी हरित अर्थतन्त्र निर्माण हुनसक्छ ? भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई प्रश्न गर्नुभयो । हरित अर्थतन्त्र विद्युतले मात्रै उत्पादन गर्नसक्ने गौतमले बताउनु भयो।

गौतमले भन्नुभयो, ‘नेपालमा उत्पादन भएको बिजुली सबै विदेश पठाउनु हुन्छ। अनि हरित अर्थतन्त्र कसरी निर्माण हुन्छ ? हरित अर्थतन्त्र विद्युतले मात्रै उत्पादन गर्न सक्छ। विकास गर्न सक्छ। विद्युत यहाँ तपाईले सबै ठाउँमा प्रयोग गर्नुभयो भने सबै हरित अर्थतन्त्र भइहाल्छ। तर, जति उत्पादन हुन्छ बिक्री गर्ने, जुन दिन हामीले हरित अर्थतन्त्रको विकास गर्छौं त्यसबेला बिक्री गरे हुन्छ नि । हामीले निर्माण गर्न विदेशीहरुलाई दिएका ठाउँ छोड्ने हो भने म ती सबै खारेज गर्नुपर्छ भन्ने पक्षमा छु। सबै क्षेत्रमा साँच्चिकै हरित अर्थतन्त्र निर्माण गर्ने हो भने विदेशमा बिजुली बिक्री गर्ने होइन, नेपालभित्रै खपत गर्नुपर्छ। त्यसले धेरै उत्पादन पनि दिन्छ । सम्पूर्ण अर्थतन्त्रको आधार विद्युत बनाउनुपर्छ।’