अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बमजनको घरबाट ३ करोडभन्दा बढी रुपैयाँ र १५ वटा मोबाइल बरामद

बमजनको घरबाट ३ करोडभन्दा बढी रुपैयाँ र १५ वटा मोबाइल बरामद


काठमाडौँ–हत्या, बलात्कारजस्ता आरोपमा पक्राउ परेका रामबहादुर बमजनको बुढानीलकण्ठस्थित घरबाट ३ करोड रुपैयाँभन्दा बढी नगद बरामद भएको छ।

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का अनुसार  बुढानीलकण्ठस्थित बमजनको घरबाट ३ करोड ३ लाख ७५ हजार रुपैयाँ बरामद भएको हो । 

यस्तै केही मात्रामा विदेशी मुद्रा र १५ वटा मोबाइल, ल्यापटप र ३० भन्दा बढी पेन ड्राइभ पनि बरामद भएको सीआईबीले जनाएको छ । 

लिटिल बुद्ध उपनामले परिचित बमजन हिजो साँझ पक्राउ परेका थिए ।