अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

तराईमा कुहिरो : सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्ने सम्भावना

तराईमा कुहिरो : सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्ने सम्भावना


काठमाडौँ–देशको तराईका अधिकांश स्थानहरुमा कुहिरो लागेको छ ।

बिहानको समयमा देशको तराईका अधिकांश स्थानहरुमा लागेको कुहिरो अपराह्न सम्ममा क्रमिक रुपमा सुधार हुँदै जाने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । 

कुहिरोको प्रभावले दैनिक जनजीवन र स्वास्थ्यमा समेत प्रभाव पर्ने विभागले बताएको छ । 

यस्तै कुहिरोले सडक तथा हवाई यातायातमा समेत आंशिक प्रभाव पर्न सक्ने सम्भावना रहेकोले आवश्यक सावधानी तथा सतर्कता अपनान विभागले आग्रह गरेको छ ।