अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पक्राउ परेका तपस्वी बम्जनलाई सीआईबीले हत्कडीसहित गर्‍यो सार्वजनिक

पक्राउ परेका तपस्वी बम्जनलाई सीआईबीले हत्कडीसहित गर्‍यो सार्वजनिक


काठमाडौं-काठमाडौं बुढानीलकण्ठबाट हिजो (मंगलबार) राति पक्राउ परेका तपश्वी रामबहादुर बम्जनलाई सीआईबीले हत्कडीसहित सार्वजनिक गरेको छ।

आज आयोजित पत्रकार सम्मेलनमा प्रहरीले उनलाई सार्वजनिक गरेको हो । सेतो ज्याकेटमा देखिएका बम्जनलाई हत्कडीसहित प्रहरीले सार्वजनिक गरेको हो । उनी चिन्तित मुद्रामा देखिएका छन्।

बम्जनमाथि व्यक्ति बेपत्ता, बलात्कारलगायतको आरोप छ। उनलाई आजै अदालतबाट म्याद थप गरी सर्लाही लैजाने तयारी प्रहरीको छ।

मंगलबार सीआईबीले उनी बसेको बुढानीलकण्ठस्थित घरमा छापा मारेको थियो। त्यस क्रममा उनी दुई तला माथिबाट हामफालेर भाग्ने प्रयास गरे पनि सफल हुन सकेनन् । बम्जनसंगै उनको घरबाट प्रहरीले बरामद गरेको तीन करोड ३४ लाख रुपैयाँ पनि सार्वजनिक गरेको छ । उनको घरबाट ३ करोड ३ लाख ७५ हजार ५ सय नेपाली रुपैयाँ र विभिन्न १७ देशका ३० लाख ९२ हजार ४०६ रुपैयाँ बराबरको विदेशी मुद्रा बरामद भएको छ।

यो पैसामाथि अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ। सर्लाहीकी एक अनुयायीमाथि बाल यौन दूराचार गरेको आरोप लागेपछि जिल्ला अदालत सर्लाहीले उनीविरुद्ध २०७६ सालमा पक्राउ पुर्जी जारी गरेको थियो। सीआईबीले बम्जनलाई जिल्ला अदालत सर्लाहीमा उपस्थित गराउने तयारी गरेको छ। उनलाई पक्राउ गर्न प्रहरीले चलाएको थियो ‘ब्लु अपरेशन’ चलाएको थियो ।