अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पूर्वडीआईजी महेशविक्रम शाहलाई तीन वर्ष कैदको फैसला

पूर्वडीआईजी महेशविक्रम शाहलाई तीन वर्ष कैदको फैसला


काठमाडौं-भ्रष्टाचार आरोपमा दोषी ठहर भएका नेपाल प्रहरीका पूर्व डीआईजी महेशविक्रम शाहलाई तीन वर्ष कैदको फैसला सुनाएको छ।

विशेष अदालतका अध्यक्ष एवम् न्यायाधीश टेकनारायण कुँवर तथा न्यायाधीशद्वय तेजनारायण सिंह राई र रितेन्द्र थापाको इजलासले बुधबार शाहसहित यो मुद्दामा दोषी ठहर भएकाहरुको सजाय निर्धारण गरेको हो।

शाहबाट १६ लाख ६९ हजार ४२ रुपैयाँ बिगो भराउन र बिगो बराबर जरिवाना अशुलउपर गर्न पनि अदालतले आदेश दिएको छ।

सिन्धुलीको दुधौली तालिमकेन्द्रका तत्कालीन समादेशक नेपाल प्रहरीका पूर्वडीआईजी महेशविक्रम शाहसहित चारजनालाई विशेष अदालतले भ्रष्टाचार मुद्दामा पुस ११ गते दोषी ठहर गरेको थियो।